काठमाडौं । दुई दिन पहिले अर्थात आइतबार नेपालको एक दिने भ्रमणमा आएका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्हे सोमबार पाकिस्तान पुगेका छन् । नेपालमा रहँदा उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए । वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका थिए ।

पाकिस्तान पुगेर उनले सेना प्रमुख कमर जावेद बाजवा र प्रधानमन्त्री इमरान खानलाई पनि भेटेका छन् । चिनियाँ रक्षामन्त्रीको यस भ्रमणलाई निकैं नै अर्थपूर्ण रुपमा हेरिएको छ । भारतसँग सीमा विवाद चर्कदै गएको बेला लडाँई हुनसक्ने सम्भावना धेरै रहेको अडकल गर्न थालिएको छ । यो बीचमा भारतसँग सीमा जोडिएका दुई महत्वपूर्ण देशहरुको भ्रमण सामान्य नहुने स्पष्ट छ ।

यसलाई चीनको लडाँई रणनीतिका रुपमा पनि ब्याख्या गर्न थालिएको छ । अहिले बाहिर आएका चिनियाँ सेनाका केही तस्विरहरुले भारत, ताइवान, अमेरिकासहित धेरै देशहरुको निन्द्रा खराब गर्दिएको छ । दक्षिण चीन सागरमा अमेरिकी नौसेनाको अभ्यास जस्तोसुकै भए पनि चीनले ताइवानलाई ‘कब्जा’ गर्न तयारी गरिरहेको छ। यति मात्र होइन, चीनले हरेक दिन ताइवानको सीमामा लडाकु जेट पठाउँदै छ । यो ताइवानका विदेशमन्त्री जोसेफ वूकोले प्रष्ट पारेका छन् ।

वूले भने, ‘चीनले बलपूर्वक ताइवान कब्जा गर्न तयारी गरिरहेको छ ।’ उनले चीनले ताइवानलाई मात्रै ध्यानमा राखेर अभ्यास गरिरहेको भनेका छन् । चीनले आफ्ना लडाकु जेटहरू दिनहुँ ताइवानको एयर स्पेसमा पठाउँने गरेको आरोप उनले लगाएका छन् ।

उनले भने, ‘यो हाम्रो लागि चिन्ताको कारण भएको छ ।’ ताइवानका विदेशमन्त्रीले भने कि चीनले बिस्तारै आफ्नो देशको हवाईजहाज र समुद्री क्षेत्रमा सैन्य तयारीमा विस्तार गर्दैछ । चीनले ताइवानको मुद्दालाई सैनिक तयारीबाट समाधान गर्न चाहन्छ ।

उनी भन्छन्, ‘खतरा अहिले बढ्दैछ ।’ अर्कोतर्फ, चीनले दावी गरेको छ कि यस्ता अभ्यासहरूको उद्देश्य उसको देशको आफ्नो सार्वभौमिकता जोगाउन प्रतिबद्ध छ भनेर देखाउँनु रहेको छ ।

चीन सधैं यो मान्दै आएको छ कि ताइवान उसको एक हिस्सा हो । ताइवान लिनका लागि चीन जुनसुकै हद पार गर्न तयार देखिएको छ । पछिल्लो समय ताइवानमा अमेरिका, भारतलगायत देशहरुले गरिरहेको गतिविधि चीनलाई मन परेको छैन ।

सम्बन्धित खबरहरु