काठमाडौ । राजधानीमा भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले आग्रह गरेको छ । प्रशासनले विज्ञप्ति जारी गर्दै राजधानीमै कोरोना संक्रमणको उच्च जोखिम रहेको अवस्थामा जिल्लामा विभिन्न माग राख्दै राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि बढेको पाइएकाले सोसँग सम्बन्धित सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन नगर्न आग्रह गरेको हो ।

 

यी गतिविधिले कोरोना संक्रमणको स्थिति झन भयावह हुनसक्ने दाबी प्रशासनको छ। पछिल्लो समय राजधानीलगायत विभिन्न जिल्लामा राजावादीसहित विभिन्न समूह र संघ संगठनको प्रदर्शन गर्दैै आएका छन्।

 

प्रशासनले विज्ञप्तिमार्फत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन समेत अनुरोध गरेको छ । ‘पछिल्लो समय जिल्लामा विभिन्न माग राखी राजनीतिक तथा अन्य भीडभाडजन्य गतिविधि जस्तै, सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरु संक्रमणको स्थितिलाई भयावह बनाउछ, ‘ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधि स्थानीय प्रशासन ऐन, २०२८ तथा संक्रामक रोग ऐन २०२० को विपरित हुने भएकाले भिडभाडजन्य गतिविधि नगर्न र नगराउन सबैमा हार्दिक अनुरोध गर्दछ।’

 

संक्रमणका बीच जुलुस तथा प्रदर्शन भएमा कानुन बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।

 

 

सम्बन्धित खबरहरु