काठमाडौं । युएई राष्ट्रिय दिवस २०२० का अवसरमा एटिसलाट, डुले प्रयोग गरिरहेका नेपालीसहित सबैलाई ठुलो अफर आएको छ । यी कम्पनीहरुले ४९ जीबी निःशुल्क मोबाइल डाटा दिने बताएका छन् ।
एटिस्लाट र डु एआरले ४९ जीबी निःशुल्क मोबाइल डाटा प्याकेज युएईको ४९औं राष्ट्रिय दिवसका अवसरमा दिन लागेका हुन् । कम्पनीका अनुसार २ देखि ३ डिसेम्बरमा प्याकेज प्रयोग गर्न सकिन्छ ।
डुले पोस्टपेड वा प्रीपेड मोबाइल ग्राहकहरूका लागि विशेष प्याकेज प्रदान गरिरहेको छ, जसले ३ दिनको लागि ४९ जीबी राष्ट्रिय डेटा निःशुल्क प्रदान गर्ने भएको हो । प्याक सुचारु गर्नका लागि *055*49# डायल गरेर ३० नोभेम्बर देखि ३ डिसेम्बर २०२० बीचमा यो प्याकेज सुचारु गर्न मिल्छ ।
نحتفل ويّاكم بـ #اليوم_الوطني_49 لإماراتنا الحبيبة، ونهدي كل عملائنا الإماراتيين 49GB طوال يومي 2 و 3 ديسمبر في الإمارات ودول الخليج ، لتفعيل العرض اطلب *49##لا_شيء_مستحيل pic.twitter.com/JqKODPUFDJ
— اتصالات (@etisalat) December 1, 2020
ग्राहकले *49# डायल गरेर वा एटिसलाट अनुप्रयोग मार्फत प्रस्ताव सक्रिय गर्न सक्दछन् । युएई निवासीहरूले डिसेम्बर १ देखि प्रस्तावहरूको लागि आवेदन दिन सक्छन्, तर सेवा डिसेम्बर २ देखि सक्रिय हुने जनाइएको छ । यदि तपाईं पनि युएई मा हुनुहुन्छ र माथि उल्लेख गरिएका कम्पनीको प्रयोगकर्ता हुनुहुन्छ भने लाभ उठाउन सक्नुहुन्छ ।
Happy National Day our beloved Emirates. 💙🇦🇪 Enjoy 49 GB of free mobile data exclusive for our Emirati customers. To activate call *055*49#. https://t.co/uarnvKCTGs pic.twitter.com/XMJJG79VGv
— dutweets (@dutweets) December 1, 2020