काठमाडौं । नेपाली मुलका चर्चित भारतिय गायक उदित नारायण झाका छोरा चर्चित गायक तथा अभिनेता आदित्य नारायणले उनकी प्रेमिका श्वेता अग्रवालसँग विवाह गरेका छन् । उनले लामो समयदेखिकी प्रेमीका श्वेता अग्रवालसँग विवाह गरेका हुन् ।

 

आदित्य नारायण र श्वेता अग्रवालको विवाहको फोटो र भिडियोले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । एउटा भिडियोमा, आदित्य नारायण श्वेतासँग सातफेरा लिइरहेका छन् । भिडियो बाहेक, दुबैको विवाहको फोटोहरूले पनि धेरैको ध्यान आकर्षण गर्न सफल भएका छन् ।

 

आदित्य र श्वेता अग्रवालको विवाहमा पनि उनीहरूका प्रशंसकहरू उत्साहका साथ सहभागि भएका थिए । आदित्य नारायण आफ्नो विवाहको दिन शेरवानी लगाएका थिए र टाउकोमा पगडी लगाएका थिए ।

विवाहसम्बन्धी तस्विरमा आदित्य र श्वेता स्टेजमा सँगै बसेर सबैलाई नियाल्दै गरेको देखिन्छ । यस भन्दा पहिले आदित्य नारायणको विवाहको जन्तीको भिडियो र फोटोहरू पनि धेरै भाइरल थिए । खास कुरा के हो भने ती फोटो र भिडियोहरूमा आदित्य आफ्ना बुबा उदित नारायणसँगै जन्तीहरुको बीचमा नाचिरहेका थिए । हेरौ केही फोटो

 

सम्बन्धित खबरहरु