काठमाडौं । भारतमा नरेन्द्र मोदी सरकारको पक्षमा बोल्दै आएकी अभिनेत्री कङ्गना राणावतका लागि मुस्किल बढेको छ । किसान आन्दोलनसँग सम्बन्धित विवादित ट्वीटपछि रणावतको लागि संकट थप बढेको छ । उनले कृषि कानूनको बिरूद्ध किसान आन्दोलनको बारेमा ट्वीट गरेकी थिइन ।

उक्त ट्वीटमा उनले किसानका पक्षमा भइरहेको प्रदर्शनमा आएकी एक महिला आन्दोलनकारीलाई शाहीन बागको ‘हजुरआमा’ बिलकिस बानो भनेर भ्रम फैलाएकी थिइन् । अब, पञ्जाबका एक वकिलले यससम्बन्धी कानुनी सूचना जारी गरी ट्वीटको लागि माफी माग्न भनेका छन् ।

पञ्जाबको जीरकपुरका एक वकिलले अभिनेत्रीलाई कानुनी सुचना पठाई उनको ट्वीटका लागि माफी माग्न भनेका छन् । कङ्गनाले एक जना वृद्ध महिलालाई कृषि कानूनको बिरूद्ध बिरोधमा ‘बिलकिस हजुरआमा’ भनेर वर्णन गरेकी थिइन् । कङ्गनाले ट्वीट गरी ९० वर्षीय बिलकिस बानो किसान आन्दोलनमा आएको भन्दै भ्रम फैलाएकी थिइन् । तर पछि उनले डिलीट गर्नुपर्यो । कङ्गनाले एक ट्वीट गर्दै लेखेकी थिइन्, ‘हाहाहा।।।

उनी ती हजुरआमा हुन् जसलाई टाइम पत्रिकामा भारतकी सबैभन्दा शक्तिशाली व्यक्तिहरूमा सामेल गरिएको थियो । यी १०० रुपैयाँमा उपलब्ध छन् । पाकिस्तानका पत्रकारहरूले भारतका लागि अन्तर्राष्ट्रिय पीआरलाई अप्ठ्यारो पारेका छन् । हामी त्यस्तो व्यक्तिहरू चाहन्छौं जसले अन्तर्राष्ट्रिय स्तरमा हाम्रो लागि आवाज उठाउन सक्दछन् ।’

महत्वपूर्ण कुरा, बिलकिस बानोलाई शाहीनबागकी हजुरआमा पनि भनिन्छ । उनी नागरिकता संशोधन ऐनको बिरूद्धको बिरोधमा धेरै लोकप्रिय भएकी थिइन । यसै कारण, टाइम पत्रिकाले उनलाई भारतका सय भन्दा शक्तिशाली व्यक्तिहरूको सूचीमा समावेश गरेको थियो ।

सम्बन्धित खबरहरु