काठमाडौं । बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्युु भएको छ । राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै गरेको ना७ख १३३९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु४९प २५२ नंको स्कुटरलाई आज मध्याह्न ठक्कर दिँदा बुटवल–८ का ४९ वर्षीय भरत शर्माको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु