काठमाडौ । सरकारले लामो समयपछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमलेपछिल्लो समय धेरै समयपछि प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो । घटेको शुल्क लागू भइसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो।

यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो। अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्।

यसैगरी, निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ। यसैगरि, डिजेल र मट्टितेलको भाउ प्रति लिटर ५० पैसाले वृद्धि भएको छ। निगमले निर्धारण गरेको स्वचालित मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ, डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ भएको छ ।

हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य अनुसार इन्धनको मूल्य समायोजन गरिएको बताए।

मूल्य सूची

  • एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा
  • पेट्रोलको मूल्य प्रति लिटर एकसय ९ रुपैयाँ
  • डिजेल र मट्टितेलको खुद्रा मूल्य प्रति लिटर ९७ रुपैयाँ

सम्बन्धित खबरहरु