काठमाडौँ । कक्षा ११ पढ्ने एक किशोरी पेट दुख्ने समस्या लिएर अस्पताल पुगेकी थिइन्। अस्पतालमा पुगेकी उनले बाथरुममा शिशुलाई जन्म दिइन्। अबैध सम्बन्ध सम्बन्धबाट बसेको गर्भको प्रसवका कारण जन्मिएको शिशुलाई उनले बाथरुममा छोडिन् ।

 

 

घटना सार्वजनिक भएपछि किशोरीका परिवारजन अचम्मित बनेका छन्। किशोरी अविवाहित हुन्। घटनाका बारेमा जानकारी पाएपछि अस्पताल पुगेको प्रहरीले उक्त घटनाका बारेमा अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

 

यो सबै घटना छात्राबासकी अध्यक्ष हेमलता नागका अगाडि भएको हो। उनले उक्त घटना लुकाउनका लागि झुट बोलेको समाचारमा उल्लेख छ। जस कारण उनलाई निलम्बन पनि गरिएको छ। रिर्पोटका अनुसार १७ वर्षीया छात्रालाई बुधबार पेटको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। जहाँ उनले एक बच्चालाई जन्म दिइन्।

 

तर बच्चा बाँच्न नसकेको देखिन्छ । अस्पताल पुग्नासाथ उनी शौचालय जान्छु भनेर गएको धेरै बेरपछि फर्किएकी उनले बच्चा जन्माएर बच्चा शौचालयमा नै छोडेर निस्किएकी थिइन् । अस्पतालमा चिकित्सकले जाँच गर्न खोज्दा अब पेट ठिक भएको भन्दै फर्किन खोजेकी थिइन् । त्यही बेला सुरक्षा गार्डले यो सबै भएको पत्ता लगाए र प्रहरीलाई खबर गरियो ।

 

छोरी गर्भवती भएको र उनले एक बच्चालाई जन्म दिएको घटना थाहा पाएपछि परिवार अचम्मित बनेका छन्। घटना कलिलो उमेरमा नै बसेको प्रेमका कारण हो।

 

रिर्पोटका अनुसार युवतीले दुई वर्षदेखि आफू गाउँकै एक युवकसँग प्रेम सम्बन्धमा रहेको बताएकी थिइन्। अस्पताल प्रशासनले मृत शिशु युवतीको आमाबाबुलाई जिम्मा लगाएको छ। प्रहरीका अनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको उल्लेख छ।

 

 

सम्बन्धित खबरहरु