काठमाडौं । विमानस्थलमा भएको आगलागी नियन्त्रणमा आएको छ । हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको हो । बिहीबार बिहानै ५ बजेदेखि सुरु भएको आगलागी सेना, सशस्त्र प्रहरी र प्रहरीसहित स्थानीयको दुईको घण्टाको प्रयासपछि नियन्त्रणमा आएको जनाइएको छ ।

तीनवटै सुरक्षा निकायका ५० भन्दा बढी सुरक्षाकर्मी, वनका कर्मचारी र केही स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरीका अनुसार चिसोले पानी जमेका कारण आगो निभाउन समस्या भएको थियो । क्षतिको यकिन विवरण भने अझै आउँन सकेको छैन् ।

कार्यालयमा हिटर बालिएको र विद्युतको तार सर्ट भएपछि आगलागी भएको हुनसक्ने जनाइएको छ । कसैले आगो लगाएको भन्दा पनि प्राविधिक कारणले नै आगो लागेको पाइएको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् ।

सम्बन्धित खबरहरु