काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र लामो समयदेखि जारी तनाबका बीच प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुग्नु भएको छ । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नका लागि जानु भएको हो । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच नियमित भेट भएको बताइएको छ ।

यसबीच प्रधानमन्त्री ओलीले अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाउनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बस्ने बैठक नियमित हो । सामान्यतः सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ । राष्ट्रपतिसँगको भेटमा के कुरा हुन्छ भन्ने कुरा खुलाइएको छैन ।

सम्बन्धित खबरहरु