काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा नायिका श्वेता खड्काको विवाहलाई लिएर चर्चा सुरु भएको छ । उनी विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिर आएपछि अहिले उनी स्वंयमले यसबारेमा बयान दिएकी छिन् । उनले एक युट्यब च्यानललाई दिएको अन्र्तवार्तामा यो सबै हल्ला भएको बताएकी छिन् ।

यो भन्दा पहिले पनि विवाहबारे हल्ला गरिएको भन्दै अहिले पनि त्यसरी नै अनुमानका भरमा हल्लाहरु भइरहेको उनले जानकारी दिएकी छिन् । उनले धनगढीका विजयन्द्र सिहं रावतसँग विवाह गर्न लागेको खबर हालै बाहिर आएको थियो । मंसिर २२ गते उनीहरुको विवाह गोकर्ण फरेस्ट रिसोर्टमा हुने जनाइएको छ । विवाहमा परिवारको मात्रै उपस्थिति रहने भनिएको छ । सञ्चारमाध्यमहरुमा श्वेता र रावत केही समयदेखि प्रेममा भएको भनेर पनि बताइएको छ ।

श्वेताले २०७१ असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । श्रीकृष्णको विवाहको एक महिना पछि साउन २५ गते उपचारका क्रममा श्रेष्ठको निधन भएको थियो । त्यसपछि नै नायिका खड्काको विवाहलाई लिएर अनेक बयानहरु आउँन थालेका हुन् ।

सम्बन्धित खबरहरु