काठमाडौं । टिकटकमा निकै नै चर्चा पाएकी मोडल रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छिन् । जानकारी अनुसार उनले विराटनगरमा रहेको एक होटलमा बुधबार इन्गेजमेन्ट गरेकी हुन् । अमेरिकामा रहेर अध्ययन गरिरहेका प्रभात बाबुसँग उनले इन्गेजमेन्ट गरेको जानकारी दिइएको छ ।

सामाजिक सञ्जालमा तस्विरहरु भाइरल भइरहेका छन् । तर अहिलेसम्म बिहेको मिति भने तय गरिएको छैन । रेश्माले दुबै परिवारका सदस्यहरु विदेशमा कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द भएका कारण आएपछि मात्रै विहे हुनेछ । उनका अनुसार अझै केही महिना लाग्न सक्ने देखिएको छ । अमेरिकामा रहेर चिकित्सा विज्ञान अध्ययनरत प्रभात एक महिना अगाडि नेपाल आएका हुन् ।

उनी इन्गेजमेन्ट र आफ्नो व्यक्तिगत कामका लागि नेपाल आएको रेश्माले बताइन् । उनीहरुको २ बर्ष अगाडिदेखि चिनजान भएको हो । त्यसपछि कुरा गर्दै जाँदा नजिक भएर परिवारसँगको सल्लाहमै बिहेका लागि तयार भएको उनले जानकारी दिइन् । रेश्मा पछिल्लो समयमा म्यूजिक भिडियोमा चर्चित छिन् ।

सम्बन्धित खबरहरु