काठमाडौ । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना का'मीको क'रणीप'छि ज्या'न लि'इएको आ'रोपमा प्रहरीको नियन्त्रणमा रहेका राजेन्द्र बोहरा बिहीबार राति भागेका छन्।

पुर्पक्षका लागि डोटीस्थित बाल सुधार केन्द्रमा राखिएका उनलाई कोरोना संक्रमण भएपछि यही मंसिर ६ देखि डोटी जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। त्यहींबाट उनी राति १० बजेतिर फरार भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनक पाण्डेले जानकारी दिए।

उनका अनुसार उनी आइसोलेसन कक्षको झ्या'ल फो'रेर भा'गेका हुन्। ‘तर भर्खरै उनी फेला परेको खबर आएको छ,’ घटनास्थलतर्फ जाँदै गरेका उनले टेलिफोनमा भने, ‘उनी नै हुन् कि होइनन्, त्यहीं पुगेपछि थाहा हुन्छ, अहिले म गाडीमा जाँदै छु।’

उनले अगाडि भने, ‘डोटीकै पूर्वीचौकी गाउँपालिका भन्ने ठाउँमा उनी फेला परेको भन्ने बुझिएको छ। तर फोन सम्पर्क हुन सकेको छैन, त्यहाँ पुगेपछि वास्तविकता भन्न सकिन्छ।’ बोहराले सम्झ'नाको क'रणीप'छि ज्या'न लि'एको स्वी'कार ग'रिसकेका छन्। उनको जन्ममिति विवादित भए पनि परिवारले उनी ना'बालिग नै रहेको दाबी गरेपछि उनलाई सुधार गृहमा राखिएको हो।

सम्बन्धित खबरहरु