राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर : फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चो’ट दे’ला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घा’उ दे’ला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन ।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने क’सम खा’एका थिए । मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।

“गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भन्नुभयो, “घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।”

“तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भन्नुभयो, “वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।”

त्यसपछि उहाँ डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा जानुभयो । एक-दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । “जब म ग’र्भव’ती भएँ, मेरो मञ्जुरीबिना ज’बर्ज’स्ती’ ग’र्भप’तन’को औ’षधि खु’वाई ग’र्भप’त’न ग’रा’इयो ।” अ’सुरक्षित त’रिकाले ग’र्भप’तन’ ग’राउँ’दा र’क्त’स्रा’व हु’न थाल्यो । ताराको र’क्तस्रा’व हु’ने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको हुनुभयो । दुवैजना माइती घरमा जानुभयो ।

झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश माइतीमै छाडेर फर्केनन् । उहाँले गहँभरि आँशु खसाल्दै भन्नुभयो, “माइतीमै छाडेर भाग्नुभयो । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आए पछि तेरो लाश हुन्छ’ भनेर ध’म्की दि’न था’ले ।”

उहाँले त्यसपछिका कुरा खोतल्दै भन्नुभयो, “सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मा’र्ने ध’म्की’ दिँ’दै आ’एकाले नि’कै मा’नसि’क हिं’सा’ स’हनु’प’र्यो ।” ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लै’ङ्गि’क ‘हिं’सावि’रुद्ध’को १६ दि’ने अभि’यानका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा यी कुरा बताउनुभएको हो । रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन ।

उहाँ भन्नुहुन्छ, “कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।” घ’र न घा’टकी हु’नुभएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुग्नुभएको छ । सेवा केन्द्रको सेफहाउसमा बस्दै आउनुभएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ ।

“प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ”, अधिकारकर्मी बिष्नादेवी पन्तले भन्नुभयो, “भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ । भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।” सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उहाँले बताउनुभयो ।

प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताउनुहुन्छ । अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्या’दति’का अ’धिकांश घट’ना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउनुहुन्छ । कानूनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उहाँको भनाइ छ ।

“पुरुषको तुलनामा महिला अधिक हिं’सा’मा प’र्ने ग’रेका छन् । यसको मुख्य कारकका रुपमा जाँ’डर’क्सी’को अ’निय’न्त्रित’रूपमा बिक्री वितरण नै हो”, अधिवक्ता भट्टले भन्नुभयो, “केही नपाइने ठाउँमा म’दि’रा पा’इन्छ । यसको नियन्त्रण जरुरी छ ।” एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उहाँले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताउनुभयो । उहाँका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् ।

“कानूनी उपचार नगरिकनै अधिकांश हिं’सा’का घ’ट’ना’लाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी यौ’नज’न्य हिं’सा’का घ’ट’ना ब’ढी छन् । त्यसपछि मा’नसि’क प्र’ताड’नाका घ’टना आ’उने गरेका छन् ।”

झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घ’रे’लु हिं’सा’का छ, गाली’ग’लौज’का १२, कु’टपि’ट’का २०, वा”दविवादका ती’न, बालविवाहका पाँच, अलपत्र परेका महिला पाँच, बहुविवाहका चार गरी ५५ जनाले उजुरी गरेका छन् । तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ ।  (रासस)

सम्बन्धित खबरहरु