काठमाडौं । राति विवाह भयो विहान घरमा लाशहरुले घर भरियो । यस्तो कसैलाई नहोस् । यो घटना भारत, उत्तर प्रदेशको प्रयोगराजमा यस्तो घटना भएको हो । कौशांबीमा बुधबार बिहान ३ः१५ बजेतिर फोन गरेपछि देवीगंज बजारको गेस्ट हाउसमा अफरातफरी मच्चियो ।

 

प्रत्येक व्यक्तिले घटनाको बारेमा थाहा पाए पछि उनीहरु घटनास्थलतिर दौडेका हुन् । विमला, जो एक दुलही थिइन उनलाई घटनाबारे कुनै जानकारी छैन । उनी हरेक व्यक्तिको बारेमा सोधिरहेकी थिईन, ‘के भएको छ भाई ?’ केही क्षणको लागि उनले अनुमान गरिन् कि जन्तीहरु नराम्ररी रिसाएर गाडीबाट फर्केका हुन सक्छन् ।

पछि कसैले विमलालाई भन्यो कि उनकी नन्दलगायत आठ व्यक्तिको मृत्यु भयो । यति सुनेपछि उनलाई सपनाजस्तो लाग्यो । फतेहपुर जिल्लाको सुल्तानपुर घोष कोतवाली अन्तर्गत मावाई गाउँका व्यापारी मानिक चन्द्रकी छोरी विमलाको विवाह मंगलबार शेहजादपुर गाउँका पंकज अग्रहरिसँग भएको थियो । जन्ती साँझमा ठूलो संख्या लिएर पुगेका थिए ।

जब जन्तीहरु नाचगाना गर्दै आएका थिए, तिनीहरूलाई फूल मालाले स्वागत गरिएको थियो । त्यसपछि अग्नि र जयमालको अनुष्ठान गरियो । दुलही विमलालाई उनको नन्द शशीले साथमा खाना खुवाइन् । यस पछि, अर्को विवाह समारोह हुनुपर्ने थियो । यसैबीच, दुलहा पंकजको बहिनीले घर जाने योजना बनाइन् ।

उनले विमलालाई भेटेर घरतर्फ लागेकी थिइन् । त्यसको लगत्तै गेस्ट हाउसमा अफरातफरी फैलियो । आफन्त, मिष्ठान्न, पाल र खानपानमा लागेका मान्छेहरु पनि घटनास्थलमा लागेका हुन् । माइतीपक्षका केहि महिलाहरू विमलासँगै रहेका थिए । विमलाले के भएको भन्ने कुरा बुझ्न सकिनन् ।

पछि थाहा भयो कि केही समय अगाडि सडक दुर्घटनामा उनलाई भेट्न आउने नन्द र भान्जासँगै आठ व्यक्तिको मृत्यु भयो । यो खबर सुनेपछि विमला रोईरहेकी थिईन् । उनका साथ आएका महिलाहरूले उनलाई सम्हाल्ने प्रयास गरे, तर उनले रुन छोडिनन् । विमलालाई पछि छोडेर विदा नगरेर माइती पठाइयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु