काठमाडौं । दक्षिण भारतमा भगवानको दर्जा पाएका अभिनेता रजनीकान्त राजनीतिमा हाम फालेका छन् । भारतका चर्चित अभिनेता रजनीकान्तले राजनीतिक पार्टी खोल्ने भएका हुन् । तमिल सिनेमामार्फत भारतमा निकै चर्चा पाउन सफल रजनीकान्तले बिहीबार चेन्नईमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूले नयाँ पार्टी खोल्न लागेको घोषणा गरेका छन् ।

रजनीकान्तले पार्टीको औपचारिक घोषणा भने डिसेम्बर ३१ मा गर्ने बताएका छन् । भारतको तमिलनाडु राज्यमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उनले पार्टी खोल्ने र चुनावी प्रतिस्पर्धामा उत्रने जानकारी दिएका छन् । उनले भनेका छन, ‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौं । जनवरीमा दर्ता भएपछि त्यसले काम गर्न थाल्ने छ ।

त्यसमार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौं ।’ उनले पार्टी खोल्ने निर्णयमा पुग्नुअघि धेरै जनासँगै आवश्यक परामर्श गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् । रजनीकान्त भने, ‘मैले पटकपटक विभिन्न व्यक्तिहरूसँग छलफल गरें । उहाँहरूको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ ।’

आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको रजनीकान्तको भनाइ छ । तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुँदै छ । उक्त विधानसभामा रजनीकान्तले पनि भाग लिने भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु