काठमाडौं । नेपालमा गएको २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ भएको छ । मन्त्रालयका अनुसार देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार २५५ पुगेको छ ।

अर्कोतिर हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ७८ हजार २४ परीक्षणहरु गरिएका छन् ।

२४ घण्टामा जम्मा ६ हजार ७४ पीसीआर परीक्षण भएका छन् । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

योसँगै निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ ।

सम्बन्धित खबरहरु