सिराहा- मधेश बलिदानी दिवसको अवसरमा सिके राउतले सिराहा लाहानको पशुपति आदर्श उच्च माविमा आयोजना गरेको कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको हो । प्रहरीले तीन सेल अश्रु ग्यास प्रहार गरेपछि सभाका सहभागीहरु तितरबितर भएका हुन् ।
सभामा आउँदै गर्दा राउतलाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको छ। प्रहरी हस्तक्षेप पछि राउतका कार्यकर्ताले प्रहरीलाई ढुंगा प्रहार गरेका थिए। सिके राउतको कुनै पनि कार्यक्रम गर्न नदिन माथिको आदेश भएकोले हस्तक्षेप गरेको डिएसपी ज्ञानेन्द्र फुइयाले बताए। सभामा प्रहरी हस्तक्षेप र राउतको पक्राउको विरोधमा उनका कार्यकर्ताले पूर्व पश्चिम राजमार्ग बन्द गरेका छन्।

सम्बन्धित खबरहरु