बेइजिङ । चमत्कारीक विकास गर्दै आएको चीनले अन्तत चन्द्रमाको सतहमा आफ्नो राष्ट्रिय झण्डा फहराएको छ । योसँगै चन्द्रमामा झण्डा गाड्ने चीन विश्वमै दोस्रो देश बनेको छ । अमेरिकाले चन्द्रमामा आफ्नो झण्डा गाडेको ५० वर्षपछि चीनले पनि झण्डा गाडेको हो ।

चीनको नेश्नल स्पेश एडमिनिस्ट्रेशन ले हालै सार्वजनिक गरेको एक तस्बिरमा पाँच तारे झण्डा हावारहित चन्द्रमाको सतहमा ठडिएको अवस्थामा देखिएको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार बिहीबार चाङ ए–५ ले चन्द्रमाको चट्टानको नमूना संकलन गर्नुअघि उक्त तस्बिर खिचिएको थियो ।

अमेरिकाले यसअघि १९६९ मा एपोलो ११ मार्फत चन्द्रमामा आफ्नो झण्डा गाडेको थियो । चीनका यसअघिका दुई प्रयास भने असफल बनेका थिए । अमेरिकाले १९७२ सम्म अरु थप पाँच झण्डा चन्द्रमाको सतहमा गाड्न सफल भएको थियो ।

२०१२ मा नासाले स्याटेलाइटबाट खिचेको तस्बिरमा देखाइए अनुसार पाँच वटा झण्डा अझै ठडिरहेको अवस्थामा थिए । तर अरु केही विज्ञले भने तिनलाई झण्डा नभएर सूर्यको चमकले गर्दा देखिएको मात्रै हुनसक्ने प्रतिक्रिया दिएका छन् । चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले यसबारे चिनियाँ झण्डालाई अमेरिकी एपोलो योजनाको उत्साह र प्रेरणा स्मरण गराएको जनाएको छ ।

चीनले गाडेको झण्डा २ मिटर फराकिलो र ९० सेन्टिमिटर अग्लो रहेको बताइएको छ । साथै यसको तौल एक किलोग्राम छ । झण्डाको सबै भागलाई चिसोबाट सुरक्षित गर्ने गरी तयार पारिएको छ । तर पृथ्वीमा बनाइने अरु सामान्य झण्डा जस्तो नभएको यसका निर्माता चेङ चाङले बताएका छन् । किनकि अरु सामान्य झण्डाहरु चन्द्रमामा रहन नसक्ने भएकाले यो फरक तरिकाले तयार गरिएको बताइएको छ ।

यसपटकको झण्डा अघिल्ला दुई मिसनको क्रममा पठाइएका झण्डा भन्दा पनि फरक रहेको बताइएको छ । यससँगै चीनको चन्द्रमा यात्राको सफल अवतरण सात वर्षमा तेस्रो पटक सम्भव भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु