काठमाडौ । नेपाली विद्यार्थी ठूलो संख्यामा रहेको देश मध्ये एक अष्ट्रेलियापनि हो । अष्ट्रेलियामा बस्ने नेपालीहरूको पहलमा विदेश अध्ययन विकल्पहरू खोजिरहेका विद्यार्थीहरूलाई सहयोग गर्ने उदेश्यले स्टडी इन्फो सेन्टर सुरु गरेका छन् । अनुसन्धान गर्न सही विश्वविद्यालय विषयको छनोट र यात्राका लागि तय गर्नुपर्ने तरिकाहरु सेयर गर्न स्टडी इन्फो सेन्टर सुरु गरिएको हो ।

[caption id="attachment_313932" align="alignnone" width="800"]Nepalis In Australia launch ‘Studyinfocentre’ to Help Students in Abroad Studies Nepalis In Australia launch ‘Studyinfocentre’ to Help Students in Abroad Studies[/caption]

 

स्टडी इन्फो सेन्टरले विद्यार्थीहरूलाई विदेशी विश्वविद्यालयका पाठ्यक्रमहरू विश्वविद्यालय सम्बन्धी भरपर्दो जानकारी प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ । उनीहरूलाई अन्तिम गन्तव्यको नजिक पुग्न स्टडी इन्फो सेन्टरले मद्दत गर्दछ।

 

वेबसाइटले भिसा नीति, अध्ययन र आवास खर्च, विदेशमा रोजगार अवसरहरू सम्बन्धी पनि जानकारी समावेश गर्दछ। त्रिभुवन विश्वविद्यालयका पूर्व कुलपति केदार भक्त माथेमाले वेबसाइटको सुरुवात गरेका थिए ।

 

त्यस्तै पोखरा विश्वविद्यालयका कुलपति प्रा. डा. प्रेम नारायण अर्यालले वेबसाइटले विश्व विश्वविद्यालयका बीच सहयोग र सूचना आदानप्रदानको लागि पुलको रूपमा काम गर्ने आशा राख्नुभयो ।

 

 

सम्बन्धित खबरहरु