काठमाडौ । नेपाल आमाका सन्तानको सफलता केवल नेपाल देशमा मात्र खुम्चिएको छैन । विश्वका हरेक देशमा सफलताको शिखरमाथी नेपाली सन्तानहरु छन् । यही श्रेणीमा संयुक्त राज्य अमेरिकामा नेपाली एक सफल व्यवसायीका रुपमा श्रीमती उषा लामा स्थापित छिन् ।

उषा लामा अमेरिकाको क्यालिफोर्नियाको फ्रेमन्टमा अत्यन्तै सफल व्यवसायी हुन् । संयुक्त राज्य अमेरिकामा सफल व्यवसायी नेपालीको रुपमा उषा लामालाई चिनिन्छ । उनले आफ्नो जीवनमा जे गरे पनि सफलताले उनलाई पछ्याउँछ भन्ने प्रमाणित भएको छ ।

हालको नेपाल वायु सेवा निगम तत्कालिन रोयल नेपाल एयरलाइन्स कर्पोरेशन (आरएनएसी) को एयर होस्टेसको रूपमा आफ्नो क्यारियर शुरुवात गरेकी उषा अमेरिकामा मान्य व्यवसायीमा स्थापित भएकी छिन् । उनी अमेरिकामा बहुमुखी, सक्षम र उच्च व्यक्तित्वको रूपमा मान्यता प्राप्त गर्दैछिन् ।

उनी स्वयं स्थापित र अत्याधिक प्रतिष्ठित ट्राभल एजेन्सीको सञ्चालक बनेकी छिन् । थर्ड आई ट्राभल उनको हो । उनी उक्त ट्राभल कम्पनीकी अध्यक्ष हुन् । उनले कडा परिश्रम र समर्पण मार्फत सफलता हासिल गरिसकेकी छन् । सबै ग्राहकहरुबाट प्राप्त प्रसंशनीय कार्यको शुभेक्षाका कारण आज उनी सफलताको शिखरमा छिन् ।

भारतको दार्जिलिङ्ग कालेङ्पोङ्गबाट शिक्षा पूरा गरेपछि उनी नेपाल आइन् । उनी दार्जिलिङ्गमा नै जागिर सुरु गरिसकेकी थिइन् । तर सन् १९७२ मा नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको रोयल नेपाल एयरलाइन्स कर्पोरेशन (आरएनएसी) का लागि एक एयर होस्टेसको माग भयो । उनले फारम भरिन् । नभन्दै उनी त्यहाँ छनोट भइन् । उनले केही बर्ष त्यहाँ जागिरे जीवन विताइन् ।

भविष्य खोज्दै संयुक्त राज्य अमेरिकामा
श्रीमती लामा भन्छिन् कि यो उनको भाग्य हो जसले उनलाई संयुक्त राज्य अमेरिका र विशेष गरी क्यालिफोर्नियामा भविष्य खोज्दै पुर्यायो । भाग्यकै खेल भन्नुपर्छ । उनी जागिरकै शिलशिलामा उडानको क्रममा छोटो समयका लागि सन् १९७६ मा क्यालिफोर्निया यात्रामा पुगिन् ।

भाग्यको खेल त्यहाँ मायालु र व्यवस्थित व्यक्ति दोर्जी लामासँग भेट भयो । संयोगको माया प्रेम विवाहमा परिणत भयो । लामा पहिले नै क्यालिफोर्नियामा स्थापित ईन्जिनियर (इलेक्ट्रोनिक्स) भइसकेका थिए । यसले श्रीमती लामालाई सहजै बसोबास गर्न मद्दत पुर्‍यायो।

सेटलमेन्टपछि श्रीमती लामाले आफुपनि केही गर्ने सोच बनाइन् । उनले नेपाल र विश्वका लागि पुल बनेर ट्राभल एजेन्सीको काम गर्ने योजना बनाइन् । योजना अनुसार सन् १०८९ मा उनले थर्ड आई ट्राभल इन्क नाम राखेर एक ट्राभल एजेन्सी दर्ता गरिन् ।

त्यसपछि सुरु भयो उनको सफलताको यात्रा । उनीसँग जोडिएका अधिकांश सेवाग्राहीहरु अत्यन्तै सन्तुष्ट छन् । उनले विभिन्न टूर प्याकेजहरुका साथ नेपालको प्रचार गर्दैछिन् । नेपालमा पर्यटन घट्दै गइरहेका बेला उनले आफ्ना ग्राहकहरुलाई नेपाल घुम्न पठाइरहेकी छिन् । कोरोना भाइरस (कोभिड–१९) को महामारीको असर नभएको भए उनले हज्जारौ विदेशी नेपाल भित्र्याउँने योजना थियो ।

उनी नेपाल बाहेक चीनको तिब्बत, भुटान, भारत, चीन, मंगोलिया, बंगलादेश, श्रीलंका, सिक्किम, दार्जिलिङ्ग दक्षिणपूर्व एशियामा ग्राहक पठाउने गर्छिन । हवाई प्याकेज र क्रूज लगायतका अन्य ठाउँहरूमा प्याकेज भ्रमण उनको व्यवसाय हो ।

थर्ड आई ट्राभल आफ्नो राम्रो प्रतिष्ठा र प्रथम श्रेणी सेवाका लागि परिचित बनेकोमा लामाले खुशी छिन् । आफ्नो व्यवसायको विस्तार गर्न र उनको ग्राहकहरूको लागि उत्कृष्ट र गुणस्तरीय सेवा जारी राख्न उनी हरक्षण प्रयासरत छिन् । आफ्नो सफलताको मेरुदण्ड भनेकै ग्राहकको सन्तुष्टि भएको उनको बुझाई छ । उनीसँग दुई नेपाली कर्मचारी छन् जसले उनको लक्ष्य हासिल गर्नका लागि काम गरिरहेका छन् ।

परिवार

उनका श्रीमान लामा श्रीमतीले गरिरहेको कामका लागि अत्यन्तै सहयोगी छन । उनी आफ्नो पेसा पुरा गरेपछि श्रीमतीको यो व्यापारमापनि मद्दत गर्छन् । उनीहरुका दुई छोरीहरू छन् । उनीहरुकी जेठी छोरी रिन्चेन स्नातक पुरा गरेकी छिन् । उषा बाबु पदमसिंह बस्नेत र श्रीमती देवीमाया बस्नेतको कोखबाट जन्मिएकी हुन् । उनका सासु, ससुरा र बुहारी पनि क्यालिफोर्नियामा बस्छन्। तिनीहरू धेरै सहयोगी छन् र सधैं एक अर्काको लागि सहयात्री छन् ।

परोपकारी कार्यहरू
लामासँग मद्दत गर्ने हातहरू सँधै तयार रहन्छन् । जब यो अरूको लागि राम्रो गर्ने कुरा आउँदछ उनी स्वयंपनि सहयोगका लागि तयार रहन्छन् । उनले नेपालमा केही परोपकारी संस्थाहरूलाई सहयोग गरिरहेकी छिन् ।

उनी नेपाली संस्कृति र पहिचानको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यका साथ स्थापना भएको गैर नाफा मुलक संस्था उत्तरी क्यालिफोर्निया (एनएएनएस) नेपाली संघको कार्यकारी सदस्य पनि हुन्।

सम्बन्धित खबरहरु