काठमाडौ, माघ ५ – जनबोली न्युज डेस्क । आजै ऐतिहासिक सहमतीको घोषणा हुने अभिव्यक्ति दिइरहेका दलका शीर्ष नेताहरु एकाएक सहमती भाँडिएको अभिव्यक्ति दिन थालेका छन् । संविधानका अन्तरवस्तुमा सहमतिको अन्तिम घोषणा गर्ने तयारी स्वरुप बिहानैदेखि बसेको शीर्ष नेताहरुको बैठक एकाएक भाँडिएपछि फेरी सहमतीको कथन टरेको छ ।
सभामुख सुवास नेम्वाङ्गका अनुशार आइतबार सहमतिको नजिक पुगेका दलहरु एकाएक सोमबार असहमतीका बुँदाहरु बोकेर बैठक स्थलमा प्रवेश गरेपछि पुनः सहमतीको आधार विग्रिएको हो । माओवादीले हिँजो पेश गरेको लचकताको प्रस्ताव फेरी फेरेर ल्याएपछि सहमतीका बुँदाहरु भत्किएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
शीर्ष नेताहरुमा असहमती बढ्दै गएपछि १ बजेका लागि बोलाईको संविधान सभाको बैठकपनि साँझ ५ बजे सम्मका लागि स्थगित भयो । साँढे ४ बजे कार्यव्यस्था परामर्श समितिको बैठक बसेर साँझ ५ बजेको संविधान सभाको बैठक कसरी अगाडी बढाउने भन्ने विषयमा टुङ्गो लगाउने तयारी भइरहेको छ । यदि सहमती नभएको खण्डमा आजै प्रक्रिया मार्फत अघि बढ्न प्रश्नावली समिति बनाईने छ ।