काठमाडौ, माघ ५ – जनबोली न्युज डेस्क । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सहमतिको सम्भावना बढेको बताएका छन्। उनले सोमबार आदिवासि जनजाति महासंघको ज्ञपनपत्र बुझ्दै पछिल्ला छलफल सकारात्मक भएको बताए। नेम्वाङले 

दलहरु संविधानका विवादित विषयमा सहमति नजिक पुगेको बताए। नेम्वाङको पहलमा संविधानसभा भवन नयाँ वानेश्वरमा कांग्रेस, एमाले, एमाओवादी र मधेसवादीबीच बैठक जारी छ। बैठकबाट निस्केर उनले आदिवासि जनजाति महासंघ र दलित सभासदको ज्ञापनपत्र बुझेका थिए।
आइतबार पनि नेताहरु सहमति जुटाउन छलफलमा ब्यस्त भएका थिए। यता आजनै एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच १ घन्टा भन्दा लामो छलफल भएको थियो।
बैठकमा संघीयताकै विषय जटिल देखिएको एमाले उपाध्यक्ष विद्या भण्डारीले बताइन्। बैठकमा एममाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयताको विषय नमिलि शासकिय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीको विषय मस्यौदाको लागि मसौदा समितिमा पठाउन असहमत भएको भण्डारीले बताइन्।एमाले स्थायी समित सदस्य माधव नेपालका अनुसार सहमति भएका विषय मसौदा समितिमा पठाउने र नभएकामा कसरी सहमति जुटाउने भन्नेबारे छलफल भइरहेको छ। उनले छलफल टुंगोमा नपुगेको बताए।