रुपन्देही । देवदह नगरपालिका-१० भलुहीसबाट १ थान कस्तुरीको विना सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव गाउँपालिका-२ बस्ने ३२ वर्षीय सुकुरदिन मिया, रुपन्देही देवदह नगरपालिका-१० बस्ने बागलुङ नगरपालिका-६ घर भएका ३८ वर्षीय रमेश विक र रुपन्देही बुटवल उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।

 

वन्यजन्तु कस्तुरीको विना ओसारपसार एवं कारोवार हुँदै छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त विना सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 

 

बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको छैन । त्यस्ता सामान बरामद गरेर अहिलेसम्म सार्वजनिक पनि गरिएको छैन ।

 

केही वर्ष पहिले निर्वाध रुपमा बाघको छाला हातमै बोकेर मोलमोलाई गर्न सकिने ताक्लाकोट क्षेत्रमा अहिले कडाइ गरिएको छ । ताक्लाकोट प्रशासनले अन्तर्राष्ट्रिय दवावका कारण बाघको छाला खरिद विक्रीमा प्रतिबन्ध लगाएपछि २ वर्ष यता यो नाका भएर आउने बाघको छाला र हड्डीको कारोवार घटेको जानकारहरू बताउँछन ।

 

गत वर्ष मात्र बाघको छाला र हड्डीको मुख्य खरिदकर्ताका रुपमा रहेका एक जनालाई तिब्बत प्रशाशनले पक्राउ गरेपछि यसको कारोबारमा निक्कै कमी आएको कैलास व्यापार संघका एक अधिकारीले बताए । ‘पहिला पहिला धेरै बेचेको सुनिन्थ्यो, एक वर्ष जति भयो त्यस्तो खालको मान्छे ताक्लाकोटमा भेटिएको छैन’ उनले भने, ‘पहिला जस्तो सजिलो छैन, गर्नेले त भित्र भित्रै गरेकै छन् ।’

 

ताक्लाकोटमा गत वर्ष प्रतितोला ३५ हजार सम्म किनबेच भएको कस्तुरीको विना यो वर्ष ५५ हजारदेखि ६५ हजार रुपियासम्म कारोबार भएको ताक्लाकोटमा ११ वटा कस्तुरीको विना बेचेर फर्किएका बझाङ काडाका एक व्यक्तिले बताए ।

 

उनले ५ वटा विना बझाङको दातोला, ४ वटा सुर्मा र दौलिचौर गाविसका शिकारीबाट खरिद गरेको बताए । यसैगरि २ वटा विना काडा गाविसका शिकारीबाट प्रतितोला २५ देखी ३० हजारमा खरीद गरेको उनले बताए । कस्तुरीको व्यापारमा बझाङ र हुम्लाका करिब ७ व्यापारी छन् । उनिहरूले यो वर्ष बझाङबाट मात्र ४५ वटा विना संकलन गरेर तिब्बत पुर्‍याएको उनले बताए ।

आजका प्रख्यात स्टोरीहरु

 

https://www.janaboli.com/post/308867

https://www.janaboli.com/post/210447

https://www.janaboli.com/post/311253

https://www.janaboli.com/post/312096

https://www.janaboli.com/post/184216

https://www.janaboli.com/post/312313

https://www.janaboli.com/post/310024

https://www.janaboli.com/post/311604

https://www.janaboli.com/post/107617

https://www.janaboli.com/post/314364

https://www.janaboli.com/post/249088

https://www.janaboli.com/post/309192

 

 

सम्बन्धित खबरहरु