काठमाडौं । शिक्षकको मृत्यु प्रकरण नयाँ मोडमा पुगेको छ । उत्तरी मोरङको पहाडी बस्तीमा मंगलबार एक प्राथमिक विद्यालयका प्रधानाध्यापकको जीवनलीला समाप्त पारिएको थियो । घटनाको जिम्मा लिँदै प्रतिवन्धित नेत्रविक्रम चन्द समूहले प्रतिजवाफमा मृत्यु भएको दाबी गरेको छ ।

मिक्लाजुङ गाउँपालिका–१ रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको मृत अवस्थामा लाश फेला परेको हो  । मंगलबार साँझ चन्द समूहको मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गर्दै आफ्ना नेता–कार्यकर्तालाई पक्राउ गराउन प्रहरीमा सुराकी गरेकाले उनीमाथि ‘यो कदम चालिएको’ जनाएको छ ।

मंगलबार बिहान श्रेष्ठलाई ४–५ जनाको समूहले घरैबाट नियन्त्रण गरी करिब एक किलोमिटर टाढा पुर्याएर घटना गराएको खुलेको छ । दुवै हात अगाडि जोडिएको अवस्थामा लाश भेटिएको जानकारी दिँदै प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले घटनामा संलग्नहरुको खोजि भइरहेको जानकारी दिनु भएको छ ।

 

गाउँपालिका प्रमुख देवीप्रसाद आचार्यका अनुसार बिहान घरमा पुगेका पाँच जनाको समूहले श्रेष्ठलाई ओछ्यानबाटै नियन्त्रण गरेर लगेका थिए  । नियन्त्रणको हल्ला गाउँमा फिँजिएपछि गाउँलेले खोज्दै जाँदा घरदेखि करिब एक किलोमिटर टाढा बर्खे र सेलेलिङबीचको जंगलमा लाश फेला पारेका थिए ।

 

उनका अनुसार घटनास्थलमा भाँचिएका दुई–तीनवटा लट्ठी पनि फेला परेका छन् । मिक्लाजुङ क्षेत्रबाट विभिन्न समयमा सुरक्षा निकायले चन्द समूहका आधा दर्जनभन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । उनीहरूको पक्राउमा श्रेष्ठले सुराकी गरेको समूहको आरोप छ । श्रेष्ठ नेपाल शिक्षक संगठन मोरङका साधारण सदस्य समेत रहेका थिए ।

 

आजका प्रख्यात स्टोरीहरु

यसैले सम्मानका साथ भनिन्छ स्टार : यी १६ कलाकारले किनेका छन् आफ्नै निजी जेट विमान

यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

सालकको खपडा सहित २ जना पक्राउ, यसको मुल्य कति छ ? किन बिक्रि हुन्छ ?

सासुले ज्वाँईलाई दिएको उपहार देख्ने दुनियाँ सबै हैरान [ भिडियोसहित ]

घिउ खान जान्नुभयो भने,मुटु स्वस्थ राख्नेदेखि क्यान्सरसम्म चैट !

दुनियाँकै मनमा राज गरेकी हेमा मालिनीको घरमा जुम्ल्याहा सन्तानको आगमन

१२ बर्ष जेठि मलाइकासँग विवाह र अरुभन्दा के फरक भन्ने प्रश्नमा अर्जुनले दिए रोचक जवाफ

अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यसरी गर्नुहोस् प्रोसेस

यस्तो छ मिर्गौला फेल हुने पहिलो कारण

अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !

चोर बाटो हुँदै अमेरिका छिर्न खोज्ने २ हजार जना यस्तो हातलमा समातिए

बाथरूममा नुहाउँदा यी कुरा ख्याल गर्नुभएन भने जान सक्छ ज्यान

सम्बन्धित खबरहरु