kp-oli-in

काठमाडौ, माघ ५ - जनबोली न्युज डेस्क । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूसँगको सहमतिमा एक घण्टा पनि टिक्न नसकेकाले दलहरुबीच भइसकेको सहमति पनि भाँडेको आरोप लगाएका छन् ।

सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान बनाउने नियत नै नभएकाले एमाओवादी र मधेशी मोर्चासँग सहमति हुन नसकेको दावी समेत गरेका छन् ।

‘विहान ८ बजे मसँग एउटा सहमति भयो, ९ बजे सभामुख सहितको बैठकमा पनि सहमति भयो,’ कार्यकर्तालाई जानकारी गराउँदै ओलीले भने, ‘तर अब आ–आफ्नो दलमा सहमति गर्ने भनेर हिँडेको केहीबेरमै त्यो त हाम्रो सहमतिनै थिएन भन्दै आए । त्यस्ताका लागि अब कुनै दबाई छैन ।

प्रज्ञा भवनभित्र र बाहिर खचाखच भरिएका कार्यकर्ता देखेर उत्साहित भएका ओलीले दुई तिहाई बहुमत भत्काएर संविधानसभा असफल पार्ने माओवादी मोर्चाको षड्यन्त्र कुनै हालतमा सफल हुन नदिने बताए ।

सम्बन्धित खबरहरु