काठमाडौं । सुस्ताएको पर्यटन चलायमान बनाउन पश्चिमाञ्चल होटल सङ्घ पोखराले आजदेखि चारदिने ‘जाऔँ है पोखरा अभियान’ शुरु गरेको छ ।

कोभिड–१९ को महामारीमा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सङ्घले मङ्सिर २४ देखि २७ गतेसम्म चारदिने भ्रमण कार्यक्रमको शुरुआत गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

जनकपुर, पर्सा, वीरगञ्ज, विराटनगर र चितवनलाई समेटिएको अभियानमा अन्र्तगत ती स्थानमा पत्रकार सम्मेलन, प्रदेशस्तरीय, स्थानीय सरकारी तथा गैरसरकारी र पर्यटन व्यवसायीलगायतका सरोकार पक्षसँग अन्तरक्रिया गरिने जनाइएको छ ।

पहिलो दिन वीरगञ्जमा स्थानीय सरकार, पत्रकार र पर्यटन व्यवसायीबीच अन्तक्रिया हुनेछ । सङ्घले १८ वर्षदेखि सो अभियान शुरु गर्दै आएको छ ।

कोरोनाले सुस्ताएको पर्यटनलाई जगाउनु नै मुख्य उद्देश्य भएको आन्तरिक पर्यटन पुनरोत्थान समिति गण्डकीका सहसंयोजकसमेत रहनुभएका तुलाचनले बताउनुभयो ।

अभियानका कार्यक्रममा होटल सञ्चालक, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि र पत्रकार सहभागिता रहनेछन् ।

सङ्क्रमण जारी रहे पनि कोरोनासँगसँगै स्वास्थ्य सतर्कतासहित पर्यटन चलायमान बनाउनुको विकल्प नरहेकाले जाऔँ है पोखरा कार्यक्रमलाई निरन्तरता दिएको आयोजकले जनाएको छ ।

आजका प्रख्यात स्टोरीहरु

यसैले सम्मानका साथ भनिन्छ स्टार : यी १६ कलाकारले किनेका छन् आफ्नै निजी जेट विमान

यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

सालकको खपडा सहित २ जना पक्राउ, यसको मुल्य कति छ ? किन बिक्रि हुन्छ ?

सासुले ज्वाँईलाई दिएको उपहार देख्ने दुनियाँ सबै हैरान [ भिडियोसहित ]

घिउ खान जान्नुभयो भने,मुटु स्वस्थ राख्नेदेखि क्यान्सरसम्म चैट !

दुनियाँकै मनमा राज गरेकी हेमा मालिनीको घरमा जुम्ल्याहा सन्तानको आगमन

१२ बर्ष जेठि मलाइकासँग विवाह र अरुभन्दा के फरक भन्ने प्रश्नमा अर्जुनले दिए रोचक जवाफ

अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यसरी गर्नुहोस् प्रोसेस

यस्तो छ मिर्गौला फेल हुने पहिलो कारण

अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !

चोर बाटो हुँदै अमेरिका छिर्न खोज्ने २ हजार जना यस्तो हातलमा समातिए

बाथरूममा नुहाउँदा यी कुरा ख्याल गर्नुभएन भने जान सक्छ ज्यान

सम्बन्धित खबरहरु