काठमाडौं । पछिल्लो समय बढ्दै गइरहेको राजावादी र प्रतिबन्धित नेत्र विक्रम चन्द समूहलाई सरकारले कडा शब्दमा चेतावनी दिने तयारी थालेको छ । यी समुहको गतिविधि समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरु भएको छ ।

गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा प्रमुखहरुसहितको बैठक केही बेरअघि सुरु भएको हो । मंगलबार मोरङको मिक्लाजुङस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको चन्द समूहबाट भएको घटना र पछिल्ला दिनहरुमा ‘हिन्दु राष्ट्र र राजसंस्था’ को पक्षमा देखिएको प्रदर्शन बारे समीक्षा गर्न बैठक बसेको हो ।

जानकारी अनुसार चन्द समूहका गलत्त गतिविधि नियन्त्रण गर्न र राजावादीहरुको गतिविधिबारे बैठकमा समिक्षा हुनेछ । चन्द समूह र राजावादीको गतिविधिका बारेका सुरक्षा प्रमुखहरुबाट आवश्यक ब्रिफिङ लिएपछि त्यही अनुसार कदम चाल्ने सरकारको तयारी छ ।

बैठकमा प्रहरी महानिरीक्षक शैलश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायत उच्च सुरक्षा अधिकारीहरु सहभागी छन् । २०७५ माघ २८ को मन्त्रिपरिषद् बैठकले चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउँदै सुरक्षा कारबाही थालिएपछि उक्त समूह भूमिगत छ ।

असोजयता उपत्यकासहित देशका विभिन्न सहरहरुमा संघीयता,गणतन्त्र तथा धर्म निरपेक्षताको खारेजीको माग गर्दै राजावादी समूहहरु प्रदर्शनमा सक्रिय छन् । राजावादीका गतिविधिलाई लिएर मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शिर्ष नेताहरुसँग सर्वदलीय छलफल गर्नुभएको थियो ।

आजका प्रख्यात स्टोरीहरु

यसैले सम्मानका साथ भनिन्छ स्टार : यी १६ कलाकारले किनेका छन् आफ्नै निजी जेट विमान

यसरी सुत्न नजान्दा हृदयघात र सुगर, प्रेसर : मुटुरोग विशेषज्ञ डा. भगवान कोईराला

सालकको खपडा सहित २ जना पक्राउ, यसको मुल्य कति छ ? किन बिक्रि हुन्छ ?

सासुले ज्वाँईलाई दिएको उपहार देख्ने दुनियाँ सबै हैरान [ भिडियोसहित ]

घिउ खान जान्नुभयो भने,मुटु स्वस्थ राख्नेदेखि क्यान्सरसम्म चैट !

दुनियाँकै मनमा राज गरेकी हेमा मालिनीको घरमा जुम्ल्याहा सन्तानको आगमन

१२ बर्ष जेठि मलाइकासँग विवाह र अरुभन्दा के फरक भन्ने प्रश्नमा अर्जुनले दिए रोचक जवाफ

अब घरमै आउँछ स्मार्ट ड्राइभिङ लाइसेन्स, यसरी गर्नुहोस् प्रोसेस

यस्तो छ मिर्गौला फेल हुने पहिलो कारण

अर्को ग्रहका मानिसहरु पृथ्वीमा आएको रहस्य बेलायतमापनि भेटियो, विश्वभरी सन्त्रास !

चोर बाटो हुँदै अमेरिका छिर्न खोज्ने २ हजार जना यस्तो हातलमा समातिए

बाथरूममा नुहाउँदा यी कुरा ख्याल गर्नुभएन भने जान सक्छ ज्यान

सम्बन्धित खबरहरु