काठमाडौं । पाँच बच्चाकी आमालाई दर्जन भन्दा धेरै व्यक्तिले गलत बलपूर्वक सम्पर्क कायम गरेका छन् । मंगलबार राति १७ जनाले ५ बच्चाहरूकी आमालाई मुफस्सिल थाना क्षेत्रको गाउँमा सामूहिक रुपमा यो घटना गराएका थिए । महिला आफ्ना पतिसँगैं बजारबाट घर फर्किरहेकी थिइन् ।

घर आउँदै गर्दाको समयमा घटना भएको बताइएको छ । आरोपितले महिलाको पतिलाई नियन्त्रणमा लिएका थिए । बुधवार, पीडितको बयानमा प्रहरीले आरोपित राम मोहली लगायत १७ जनाको विरुद्ध एफआईआर दर्ता गरेको छ । घटनाको जानकारी पाएपछि डीआईजी सुदर्शन कुमार मण्डल र एसपी अम्बर लकरा प्रहरी चौकी पुगेका थिए र अनुसन्धान भइरहेको छ ।

प्रतिकात्मक तस्विर

पीडितका पतिले भने कि गाउँमा हरेक मंगलबार बजार लाग्ने गर्दछ । उनी आफ्नी श्रीमतीसँग राति लगभग ८ बजे बजारबाट घर फर्कदै थिए । त्यो बीचमा लगभग १७ जना केटाहरू बाटोमा आएका थिए ।

अचानक पाँच जना केटाहरूले उनलाई समाते भने दुई जना उनकी श्रीमतीलाई लिएर गएका थिए । उनले बाँकी केटाहरूले आफ्नी श्रीमतीलाई झाडीमा लगेर गएको बयान दिएका छन् । त्यहाँ केटाहरूले पालैपालो उनकी श्रीमतीमाथि त्यो नसोचेको कार्य गरेका हुन् । घटनापछि, सबै जनाले कसैलाई भने पछि बाँकी नराख्ने भन्दै चेतावनी पनि दिएका थिए ।

घटनामा संलग्न राम मोहली उनकी श्रीमतीलाई पहिलेदेखि नै चिन्थे । जबकि बाँकीले चिनेका थिएनन् । त्यहाँ सामूहिक घटनाको कुरा थाहा पाएपछि डीआईजी र एसपी मुफस्सिल प्रहरी चौकी पुगेका थिए र महिलाबाट सम्पूर्ण घटनाको बारेमा जानकारी लिएका छन् ।

महिलाको बयानका आधारमा मुद्दा दर्ता गरिएको छ । प्रहरी टोली राम मोहलीको खोजीमा गयो तर फेला पार्न सकेको छैन । एसपीले भने कि एक आरोपीको पहिचान भएको छ । आरोपितको खोजीमा प्रहरी तिव्र रुपमा लागेको छ ।

आजका प्रख्यात स्टोरीहरु

सम्बन्धित खबरहरु