काठमाडौं । नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा हुनुभएका विश्वराज पोखरेललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बढुवा गर्ने निर्णयअनुसार आज प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पोखरेललाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नतिपछिको नयाँ जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । सङ्गठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नयाँ कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

सोही अवसरमा एआईजीमा पदोन्नति हुनुभएका पोखरेलले सरकार र प्रहरी सङ्गठनले विश्वास गरी आफू बढुवा भएको बताउँदै उक्त विश्वासलाई रतिभर प्रश्न नआउने गरी जिम्मेवारी बहन गर्ने बताउनुभयो ।

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु