काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजदेखि गौतमबुद्ध कप–२०२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा टिम नारायणीले विजयी शुरुआत गरेको छ ।

वाग्मती टिमलाई सुपरओभरमा पराजित गर्दै नारायणीले विजयी शुरुआत गरेको हो । सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्र बनाउन सक्यो । यसअघि वाग्मती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो ।

वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा तीन टिम वाग्मती, नारायणी र राप्तीको सहभागिता रहेको चितवन क्रिकेट सङ्घका अध्यक्ष कैलाश प्रधानले जानकारी दिनुभयो ।

वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले गर्नुभएको छ । यस्तै नारायणीको कप्तान सुवास खकुरेल रहनुभएको छ । यसअघि पूर्व राष्ट्रिय कप्तान पारस खड्काले कप्तानी गर्ने भनिएकामा पारसलाई कोरोना पुष्टि भएपछि सुवासले कप्तानी सम्हाल्नुभएको हो । राप्तीको कप्तानमा विनोद भण्डारी रहनुभएको छ ।

प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्नेछन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने आयोजकले जनाएको छ । प्रतियोगिताको वाग्मती प्रदेश खेलकूद परिषद्को सदस्यसचिव सूर्य भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु