काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ त्रिशुलडाँडामा विश्वकै अग्लो त्रिशुल स्थापना भएको छ । महाँकाल त्रिशुलडाँडा उपभोक्ता विकास समितिले महाँकाल त्रिशुलडाँडा परिसरमा आज आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्माणाधीन त्रिशुलको शिलान्याश गर्नुभयो ।

उहाँले संविधानले नै हिन्दू धर्मलाई संरक्षण गरेका भन्दै संविधानको विपरीत जानुपर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले हिन्दू धर्मलाई जोडेर राजाका नारा लगाउनु व्यर्थ भएको भनाइ राख्नुभयो । त्रिशुलडाँडामा कूल रु चार करोड ४२ लाख ११ हजार ९१३ लागतमा १२१ फिट अग्लो त्रिशुल र ५५ फिट अग्लो गुरु गोरखनाथ मन्दिर स्थापना हुने भएको छ । करिब नौ महिनामा त्रिशुल निर्माण सम्पन्न गरिने लक्ष्य राखेको छ ।

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु