काठमाडौं । नेपालमा इन्धनको मुल्य बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि तथा निगमको शनिबारको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको खुद्रा बिक्री मूल्य बढाउने निर्णय गरेको निगमले विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य अनुसार प्रतिलिटर १ सय ८ र डिजेल र मट्टितेलको ९१ रुपैयाँ कायम गरिएको छ । निगमका अनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ ।
यो हप्ताका चर्चित शीर्षकहरु
https://www.janaboli.com/post/312517