काठमाडौं । आफ्नो पसिनाको मूल्य खोज्दै सर्लाहीका उखु किसान माइतीघर मण्डलामा पुगेका छन् । चिनी मिलहरुबाट उखुको भुक्तानी नपाएपछि उनीहरु आन्दोलन उत्रिएका हुन् ।

चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै सर्लाहीका उखु किसानहरुले प्रदर्शन गरेका हुन् । बक्यौता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

यस भन्दा पहिले पनि रकम भुक्तानीको माग गर्दै किसानहरु काठमाडौंमा आन्दोलन गरेपछि मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग ५ बुदे सम्झैता गरेको थियो । मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि रकम नपाएका किसानहरुले आन्दोलन गर्न बाध्य भएका हुन् ।

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/314762

https://www.janaboli.com/post/312517

सम्बन्धित खबरहरु