काठमाडौं । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय व्यक्तिगतरुपमा दलित तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । जिल्लाका सातवटै गाउँपालकिामा रहेका ती घरपरिवारलाई टसी फुञ्जोक लामा र सुस्मा गुरुङले सहयोग गर्नुभएको हो । उहाँहरु ‘हिमालयन गुगे अर्गनाइजेसन’ नामक संस्थामा कार्यरत रहेको बताइएको छ ।

जिल्लाका ४४ वडाभित्र रहेका दलित परिवारमध्ये छनोट गरी अतिविपन्न, अशक्त, एकल महिला र अपङ्गता भएका व्यक्तिलाई खाद्यान्न सहयोग गरिएको लामाले जानकारी दिनुभयो ।

रु ५० देखि रु ६० हजारसम्मको आर्थिक लगानीमा शनिबार दिउँसो जिल्ला सदरमुकाम सिमकोट वितरण गरिएको छ । यसैबीच जुम्लामा रहेको प्राविधिक शिक्षालयमा पढ्न हिँडेका खार्पुनाथ गाउँपालिका वडा नं १ गोप्काका प्रकाश बुढा बिरामी परेका छन् ।

सम्बन्धित खबरहरु