काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबार रु छ अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट टे«जरी बिल बिक्री गर्न लागेको हो । केन्द्रीय बैङ्कका अनुसार टे«जरी बिल नवीकरण गर्ने प्रयोजनका लागि सूचना जारी गरिएको हो ।

कूल रु चार अर्बको टे«जरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत ३ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्बको टे«जरी बिल भने ३६४ दिने अवधिको रहेको छ । सो बिल २०७८ मङ्सिर २८ गते परिपक्व हुनेछ । बैङ्कले यसअघि मङ्सिर २२ गते रु १७ अर्ब २६ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

सम्बन्धित खबरहरु