काठमाडौं । पछिल्लो समय नेपालको राष्ट्रिय राजनीतिमा अहम रुपमा उठेको एक विषय नयाँ मोडमा पुगेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाको निधनपछि उनीसँगको आर्थिक कारोबारमा नेकपाकै प्रवक्ता नारायणकाजी श्रेष्ठ र उनका सहयोगी सुसन कर्माचार्यको नाम विवादमा आएपछि सुसनका श्रीमान् लक्ष्मणकृष्ण राजभण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर कुराकानी गर्नुपरेको छ ।

लामासँग सम्बन्धित हाइड्रोपावरसम्बन्धी विवादमा परिवारकै प्रतिष्ठा गिराउने गरी भ्रम फैलाइएको विषयमा राजभण्डारीको सपरिवार आइतबार दिउँसो प्रधानमन्त्री ओलीलाई भेट्न गएको थियो । प्रधानमन्त्री ओलीले डेढ घण्टा समय दिएर आफ्ना कुरा ध्यानपूर्वक सुनेको राजभण्डारीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनले लेखेका छन, ‘प्रधानमन्त्रीज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामाले यसबारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी विषय भएकाले मिलेर सल्टाउन र कमरेड प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो ।’

नेकपा प्रवत्ता श्रेष्ठको नाम उनकी श्रीमती सुसनसँग पनि जोडिएर आएको थियो । राजभण्डारीले प्रधानमन्त्री ओलीलाई उदृधत गर्दै फेसबुकमा लेखका छन्, ‘साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अनलाइनहरूले जे पनि लेख्छ, यसको पछि लाग्नु हुँदैन, गल्लीमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले बिनाटेन्सन हिँडिरहनुपर्छ भनेर सम्झाउनुभयो।’

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/309363

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु