काठमाडौं । चर्चित भारतीय हास्य कलाकार कपिल शर्मा र गिन्नी छतरथको विवाह डिसेम्बर १२ मा २ वर्ष पूरा भएको छ । तर दोस्रो विवाहको वार्षिकोत्सवमा कपिल शर्माले केहि विशेष कारणका लागि पत्नी गिन्नीसँग माफी मागेका छन् ।

कपिलले लेखेका छन, ‘काममा व्यस्त भएको कारणले आज म तिमीलाई समय दिन असमर्थ छु । यसको लागि मलाई माफ गर, माफ गर्नुहोस् बेबी गिन्नी छतरथ । म विवाह वार्षिकोत्सवमा पनि काम गर्दैछु ।’ कपिल एकदम हास्यास्पद तरिकाले लेख्दछन्, ‘ततिमीलाई उपहार दिनका लागि कमाउनुपर्छ ।

विवाहको लागि शुभकामना । साँझमा भेटौंला ।’ हालै कपिल शर्मा र गिन्नी छतरथले छोरी ईनायाको पहिलो जन्मदिन एकसाथ मनाए । आफ्नो इन्स्टाग्राम खाताबाट जन्मदिनको सुन्दर फोटो पनि साझा गरिएको थियो । कपिल शर्मा अहिले लोकप्रिय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ मा व्यस्त रहेका छन् ।

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/309363

https://www.janaboli.com/post/312517

 

 

सम्बन्धित खबरहरु