काठमाडौं । सबैलाई थाहाँ छ कि अहिले नेपाल–भारत सम्बन्धमा केहि चिसोपन देखिएको छ । सीमा विवाद लगायत विषयहरुले गर्दा दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको हो । यो बीचमा भारतका एक लेफ्टिनेन्ट जनरलले दिएको एक बयानले नयाँ हलचल उत्पन्न गरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराका कारण भारतसँग नेपालको दुरी बढ्दै गएको छ ।

भारतसँग नेपालको सम्बन्ध ऐतिहासिक र सभ्यतासँगै जोडिएको छ । यो आउने दिनमा अझ मजबुत हुने विश्वास लिइएको छ । सेनाका उपप्रमुख लेफ्टिनेन्ट एसके सैनीले सेनाका प्रमुख जनरल एमएम नरवानेले हालै गरेको नेपाल भ्रमणपछि शनिबार दूनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उक्त कुरा व्यक्त गरेका हुन् ।

लेफ्टिनेन्ट जनरल सैनी मुख्य अतिथिका रूपमा देहरादूनमा आइएमएको पासिङ्ग आउट परेडमा भाग लिन आएका थिए । उप सेना प्रमुखले भने, ‘तनाव उग्र बन्नेजस्तो कुनै समस्या छैन । दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण बन्ने छ । सेना प्रमुखले गरेको भ्रमणले पनि यस संकेत गर्दछ । भारत सँधै आफ्ना छिमेकीहरूसँग राम्रो सम्बन्ध कायम राख्न चाहान्छ ।’

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/309363

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु