काठमाडौं । चर्चित कलाकार मनोज गजुरेलले कानुनी उपचार खोज्ने चेतावनी दिएपछि पूर्वश्रीमती मीना ढकालले पनि जवाफ फर्काएकी छिन् । गजुरेलले सामाजिक सञ्जालमार्फत ढकालले आफ्नो परिवारलाई असर पर्ने गरी गैर जिम्मेवार बयान जारी गरिरहेको भन्दै कानुनी उपचारमा जाने चेतावनी दिएका हुन् ।

पूर्वश्रीमतीको क्रियाकलापबाट लगातार आफ्नो चरित्रमाथि प्रश्न उठेको र छोराछोरीलाई समेत असर पुगेको बताउँदै उनले त्यस्तो बयान जारी गरेका हुन् । त्यसको जवाफमा मीनाले लगातार केहि स्टाटस राखेकी छिन् । उनले लेखेकी छिन्, ‘हट्ने होइन डटि लड्ने...अब मेडिकल काउन्सिल तिर नि धाउने । बाकी ५२ साल देखिका घटना परिघटना अनि डिभोर्स हुँदै आज सम्मका कुरा अदालत मै बहसका विषय बन्ने ।’

यसपछि उनले लडाई शुरु गरेपछि समाप्त पनि गर्नुपर्यो भनेकी छिन् । लडाँई समाप्त नभएका ढिलो चाँडो एक पक्षको हार अर्को पक्षको जित सुनिश्चित हुने तर्क उनको रहेको छ । यस विषयमा नै उनको अर्को स्टाटस पनि आएको छ । उक्त स्टाटमा उनले आफ्नो कुरा यसरी व्यक्त गरेकी छिन्, ‘बिहे हुँदा मन्दिरमा म संग मेरो परिवार थियो बिचरा उ एक्लो थियो ।

सम्बन्ध बिच्छेद गर्न कागजमा सहि गर्न अदालत जाँदा ३ वटा गाडीमा उस्का ६ दाजुभाइ उ जन्ती लिएर आएको थियो । तर म एक्लै थिए । ३ करोडले गलत भने पनि कहिले कतै बिचलित हुन्न । न मलाइ कहिले एन्जाइटी थियो न डिप्रेसनको रोगी...बाँकी कुरा कस्को के के उदांगो हुदै जान्छ हेर्दै जाउ...’

यस अघि गजुरेलले एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म चुप बसेको र अब बाध्य भएर स्पष्टीकरण दिन परेको बताएका थिए । मनोज गजुरेल र मिना ढकालबीच तीन वर्षअघि सम्बन्धविच्छेद हुँदा छोरा बाबु र छोरी आमासँग बस्ने सहमति भए पनि डिभोर्सको ८ महिनापछि छोरी आमासँग बस्न नरुचाएर आफूसँग बस्न आएको पनि उनले बताएका छन् ।

समय समयमा मनोजमाथि अनेक आरोप लगाउँदै आएकी मीनाले अहिले फेरि कुरा उडाउन थालेकी हुन् । मनोज गजुरेलले अर्को विवाह गर्न लागेको कुरा सार्वजनिक भएपछि फेरि अनेकन कुराहरु मीनाले मनोजका बारेमा गर्न थालेकी हुन् ।

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/309363

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु