काठमाडौं । लामो समयदेखि आन्दोलनरत्त किसानहरुका पक्षमा सरकारले एक कदम उठाएको छ । गृह मन्त्रालयले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने चार चिनी मिलका सञ्चालकलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको हो । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मंगलबार गृहमा भएको छलफलपछि भुक्तानी नगर्ने मिल सञ्चालकलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिइएको छ ।

प्रवक्ता बुढाका अनुसार इन्दिरा सुगर मिल नवलपरासी, लुम्बिनी सुगरमिल नवलपरासी, अन्नपूर्ण सुगरमिल सर्लाही र श्रीराम सुगरमिल रौतहटका सञ्चालकलाई पक्राउ गर्न निर्देशन दिइएको हो । सुगर मिल सञ्चालकहरुले आफ्नो बक्यौता रकम नदिएको विरोधमा उखु किसानहरु अहिले राजधानीमा आन्दोलनमा छन् ।

सम्बन्धित खबरहरु