काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमण केही कम भएको छ । यो बीचमा कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न उपत्यकाभित्र सवारी साधनमा लागू गरिएको ‘जोर बिजोर’ नियमका कारण सर्वसाधारणले सास्ती पाउने गरेका छन् ।

सबैजसो व्यवसाय र कार्यालय खुला भइसकेको अवस्थामा पनि सवारी साधनमा लगाइएको जोर बिजोरको नियम भने यथावत् नै रहेको छ ।

जोर बिजोर नियमको उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरीले सवारी साधन नियन्त्रणमा लिई चालकलाई फिर्ता पठाउँने गरेको छ । जोर बिजोर नियमको पालना नगरेको भन्दै दैनिक करिब एक हजार पाँच सय सवारी साधन कारबाहीमा पर्ने गरेका छन् ।

असोजदेखि मङ्सिर मसान्तसम्ममा एक लाख ७४ हजार सवारी साधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सर्वसाधारणले जोर बिजोर प्रणाली हटाउन माग गरेका छन् ।

यो हप्ताका चर्चित शीर्षकहरु

https://www.janaboli.com/post/258105

https://www.janaboli.com/post/314136

https://www.janaboli.com/post/276903

 

https://www.janaboli.com/post/309363

https://www.janaboli.com/post/312517

 

सम्बन्धित खबरहरु