काठमाडौँ । संवैधानिक निकायका रिक्त पदाधिकारी पदपूर्तिका विषयमा लामो समयपछि औपचारिक रूपमा छलफल प्रारम्भ भएको छ । प्रायः आयोगहरूमा पदाधिकारी रिक्त भए पनि लामो समयदेखि छलफल हुन सकेको थिएन । परिषद्को बैठक बस्न नसक्दा नियुक्तिका लागि सिफारिस प्रक्रियामा छलफल हुन सकेको थिएन ।

मङ्गलबार बिहान बसेको पहिलो बैठकमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक गणपूरक सङ्ख्या अभावमा औपचारिक रूपमा कार्यसूचीमा प्रवेश भएको थिएन । गत शुक्रबार पनि सभामुख सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि बैठक स्थगित भएको थियो ।

कति रिक्त छन् पदाधिकारी ?
नयाँ संविधान जारीपछि थप भएका संवैधानिक निकायमध्ये कतिपयले पहिलोपटक समेत पूर्णता पाएका छैनन् । राष्ट्रिय मानव अधिकार आयोगमा पछिल्लो समय अध्यक्षसहित चारै सदस्यको कार्यकाल सकिएपछि संवैधानिक निकायमा कुल ४५ पद रिक्त भएको छ । गत असोजमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीको कार्यकाल समाप्त भएको थियो । यस्तै, हाल अख्तियारमा प्रमुख आयुक्त र दुई आयुक्तको स्थान रिक्त छ ।

निर्वाचन आयोगमा दुई आयुक्तको पद रिक्त छ भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा नेतृत्व भए पनि चार सदस्यको स्थान रिक्त छ । महिला आयोगमा अध्यक्षसहित पाँचै पदाधिकारीको स्थान रिक्त छ । राष्ट्रिय दलित आयोग पनि पदाधिकारीविहीन छ । संवैधानिक व्यवस्था अनुसार आयोगमा अध्यक्षसहित पाँच पदाधिकारी रहने व्यवस्था छ ।

यस्तै, समावेशी आयोगमा अध्यक्ष र तीन सदस्यको स्थान रिक्त छ । आदिवासी जनजाति आयोग पदाधिकारीविहीन छ । मधेसी आयोगमा अध्यक्ष भए पनि चार सदस्यको स्थान रिक्त नै छ । यस्तै, थारू र मुस्लिम आयोगमा अध्यक्ष नियुक्त भए पनि चार÷चार सदस्य नियुक्त हुन सकेको छैन । आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो हप्ताका चर्चित शीर्षकहरु

अभिनेत्री शर्माले सेल्फी खिच्दा से’क्स टो’य देखियो भन्दै भाइरल भएको तस्वीरको सत्यता यस्तो

यो बिनाश वर्ष : क्रिसमसको रात जे हुँदैछ त्यसले फेरि नयाँ संकटको खतरा

संसारलाई सोच्न बाध्य बनाएका यी २० तस्वीर हेर्नुहोस् : जो सर्वाधिक सेयर भएका छन्

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा

सम्बन्धित खबरहरु