काठमाडौं । गण्डकी प्रदेशमा ६२ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोनाबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ का ७६ वर्षीय र वडा नं १२ का ८४ वर्षीय कोरोना सङ्क्रमित पुरुष रहेका छन् ।

प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १८६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

आज थपिएकासहित प्रदेशमा कूल कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ५८३ पुगेको छ । प्रदेशमा हालसम्म एक हजार ६३२ सक्रिय सङ्क्रमित पुगेका छन् भने निको हुनेको सङ्ख्या ११ हजार ७६५ पुगेको छ ।

सम्बन्धित खबरहरु