केलंग, सेलांगोर (स्टार र एएसआई न्यूज नेटवर्क) । मलेशियामा एक नेपालीको मृत्यु भएको छ । मलेशियाकै प्रतिष्ठित मेडिकल पञ्जा निर्माता कम्पनीमा कार्यरत एक नेपालीको मृत्यु भएको पुष्टि भएको हो ।

२९ वर्षीय यमनारायणन चौधरी थारू दुई बर्ष अघिदेखि सेलांगोरको क्लैन्ग जिल्लाको मेरुस्थित कम्पनीमा विनिर्माण सुविधामा कार्यरत थिए । कम्पनीले एक बयान जारी गर्दै भनेको छ थारूको शनिवार (१२ डिसेम्बर) मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणपछि निमोनियाका कारण सुम्गई बुलोह अस्पतालमा निधन भयो ।

कम्पनीले विज्ञप्ति निकालेर थारुको निधनमा दुख व्यक्त गरेको छ । शोकाकुल परिवारजनमा समवेदना दिएको छ । उसले भनेको भुत्तान गर्न बाँकी र दिनुपर्ने सेवा सुविधा सबै परिवारमा पठाइनेछ ।

यो देशकै ठूलो कम्पनी र धेरै कामदार भएको कम्पनी भएकाले उच्च सुरक्षा अपनाइएको छ । यहाँबाट कोरोना भाइरस थप नफैलियोस भन्नका लागि कम्पनी अत्यन्तै जिम्मेवार बनेर काम गरिरहेको बताइएको छ । उनी दुई बर्ष अघिदेखि सुरक्षा गार्डको रुपमा कार्यरत थिए ।

सुरक्षा कम्पनीबाट उनी त्यहाँ खटिएका थिए । स्मरण रहोस् थारू कार्यरत ग्लोव्स कम्पनीमा कार्यरत एक विदेशी कर्मचारी को बर्खास्तपछि त्यहाँ आन्दोलन भएको थियो । त्यही आन्दोलनको भीडमा थारु खटिएका थिए ।

सम्बन्धित खबरहरु