रामभक्त घिमिरे । तनहुँ म्याग्दे ३ किलचोक अकला देवी मन्दिर , चर्चित मनुङ्कोट भ्रमण नेका वरिष्ठ नेता रामचन्द्र पौडेल पुगेका छन् । त्यहाँ उनले चौरासी बर्ष पुगेका जेष्ठ नागरिक को आशीर्वाद लिए । तनहुँ जिल्ला म्याग्दे ३ निवासी जेष्ठ नागरिकको निमन्त्रणामा २०७७/०८/१५ गते चौरासी पुजन कार्यक्रम बाट जेष्ठ नागरिक बद्री नाथ र मन्दरा घिमिरेको निमन्त्रणा मान्न पुगेका नेता पौडेल आशिर्वाद थाप्न पुगेका थिए ।

 

आशीर्वाद थापिसके पछी नेता पौडेल योगि नरहरि नाथले २०५५ सालमा कोटिहोम लगाएको ठाउ र २०७६ बैशाख १६ गते काशिशुमेरु पिठका जगत गुरु शन्कराचार्य बाट शिलान्यास गरेको मन्दिर अत्यान्तै कलात्मक तरिकाले बनेको मन्दिर हेर्न पुगेका थिए ।

 

घण्टी आफै हल्लिने भन्ने किम्बदंतिको मन्दिरमा उनले दर्शन गरे । मानिसहरु यहाँ अकला देवीको दर्शन गर्न, तनहुँको मानुङ्कोट कुहिरो, बादल, एकै साथ सुर्यदय हेर्न पुग्छन् । यहाँ चन्द्र अस्थ र हिमाल हेर्नका लागिपनि चर्चित छ ।

 

मानुङ्कोटबाट पश्चिम पट्टि मोटर साईकल र स्कुटिमा यात्रा गर्दा २० मिनेट मै पुगिने अकला देवी छ । दमौली बाट १० किलोमीटर पश्चिम पोखरा बाट ४० किमि पुर्बबाट अहिले पिच भैसकेको र करिब १.५ किमिको कच्ची बाटो जुनसुकै सवारी साधन बाट पुग्न सकिने अकला देवी मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरे बताए ।

 

 

सम्बन्धित खबरहरु