काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको परीक्षालाई लिएर त्रिभुवन विश्वविद्यालयले नयाँ सुचना जारी गरेको छ । त्रिविले आगामी माघ पहिलो साता देखी स्नातक तहको तेस्रो तथा स्नातकोत्तर तहको पहिलो वर्षको परीक्षा सञ्चालन गर्ने भएको हो ।

 

चैतमा स्थगित गरिएको सेमेस्टर प्रणालीको परीक्षा गत आइतबार देखि संचालन गरेको त्रिविले सो सकिए लगत्तै वार्षिक परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । माघको पहिलो साता स्नातकोत्तर तहको पहिलो बर्षको तथा दोस्रो साताबाट स्नातक तहको तेस्रो वर्षको परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् ।

भौतिक उपस्थितीमा सञ्चालन गरिने परीक्षाका लागि १ लाख ५० हजार परिक्षार्थी छन् । प्रत्येक सेमेष्टर वा वार्षिक परीक्षा सम्पन्न भएको ४ महिना भित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको परीक्षा नियन्त्रक जोशीले जनाउनुभयो ।

 

अर्कोतिर आगामी सोमबार त्रिविले दिक्षान्त समारोहको आयोजना गर्ने भएको छ । कोरोना संक्रमण जोखिमका कारण त्रिविले विद्यावारिधी, एमफील र दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीलाई मात्र समारोहमा सहभागी गराउने भएको छ ।

 

 

सम्बन्धित खबरहरु