काठमाडौं । विभिन्न विषयहरुमा आफ्नो धारणा राखेर विवादमा पर्दै आएकी बलिउड अभिनेत्री कङ्गना राणावतलाई लिएर एक अर्की अभिनेत्रीले गम्भीर खुलासा गरेकी छिन् । अभिनेत्री स्वरा भास्करले फेरि कङ्गनालाई निशाना बनाएकी हुन् ।

 

भर्खरको एक अन्तर्वार्तामा स्वराले कङ्गनाको एउटा उदाहरण दिएकी थिइन् । उनले भनेकी छिन, ‘यो आवश्यक छैन कि हरेक राम्रो कलाकार वास्तविक जीवनमा पनि राम्रो हुन्छ ।’ यस अघि स्वराले किसान आन्दोलनमा समर्थनमा निस्केका कलाकारहरुको आलोचना गर्दा पनि स्वराले कडा शब्दमा आलोचना गरेकी थिइन् ।

स्वरालाई अन्तर्वार्तामा सोधिएको थियो कि कङ्गना ‘एक राम्रो कलाकार उनी एक राम्रो मान्छे पनि हुन् की होइनन् ।’ उनले जवाफमा भनिन् यो भनाइको विपरीत छ । यस प्रश्नमा स्वराले भनिन्, ‘मलाई लाग्छ यस बयानको केवल कङ्नासँग मात्रै केही सरोकार छैन । हो, हामीबीच पहिले धेरै बहस भएको छ । तर मलाई लाग्छ कि हामीले यस भनाइलाई पुनः विचार गर्नु आवश्यक छ कि एक राम्रो कलाकार एक असल व्यक्ति पनि हुन्छ ।’

 

स्वराले अझै थप्दै भनिन्, ‘हामी धेरै पटक यो गल्ती गर्छौं किनभने एक अभिनेताले पर्दामा राम्रो व्यक्तित्व वा वीर चरित्रको भूमिका खेलेका छन । त्यसैले हामी उसलाई राम्रो व्यक्ति मान्ने गल्ती गर्छौं । चरित्र राम्रोसँग खेल्नु भनेको कलाकारको प्रतिभा हो, ऊ आफ्नो काममा राम्रो छ । ऊ वास्तविक जीवनमा पनि राम्रो व्यक्ति हुनुपर्छ भन्ने कुरा आवश्यक छैन ।’ उ नहुन सक्छ ।

स्वराका अनुसार कलाकारिता पनि एक पेशा (काम) हो । एक डाक्टर जस्तै, ईन्जिनियर वा शिक्षकजस्तै कलाकारहरुले पनि आफ्नो काम मा धेरै राम्रो हुनुपर्छ । तर तिनीहरू राम्रो मानिस पनि हुन्छन् भन्ने कुरा आवश्यक छैन । उदाहरणहरू दिँदै स्वराले भनेकी छिन, ‘म पनि एक लेखकको ठूलो प्रशंसक हुँ ।

 

ऊ एक महान लेखक हो, तर ऊ पनि मैले अनुभव गरेका सबै भन्दा राम्रो व्यक्ति हो । तपाईं एक राम्रो नर्तक, गायक, अभिनेता, लेखक हुन सक्नुहुन्छ । तर यो आवश्यक छैन कि त्यो कुरा तपाईंको व्यक्तित्वमा पनि देखिन्छ ।’ कङ्गना र उनकी बहिनी रङ्गोलीले स्वरा र तापसी पन्नूलाई पनि दोस्रो दर्जाका अभिनेत्रीको रूपमा ब्याख्या गरेका थिए ।

 

सम्बन्धित खबरहरु