काठमाडौं । कसैंसँग ऋण लिएर तिर्ने बेलामा मान्छेहरु के–के बहाना बनाउँछन ? यसका बारेमा धेरै रोचक कुराहरु पनि हुन्छन् । यस्तै एक रोचक विषय आज हामी तपाईंलाई जानकारी गराउन गइरहेका छौँ । यस्तै एक घटना भारत, उत्तर प्रदेशबाट बाहिर आएको छ । प्रहरीले किसान आन्दोलनमा हराएका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

 

गाजियाबादबाट हराएका एक व्यापारीलाई पक्राउ गरेको हो । ऋणमा डुबेको व्यक्तिले हूलिया परिवर्तन गरेर किसान आन्दोलनमा लुक्न खोजेका थिए तर उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार गाजियाबादको मुरादनगर निवासी प्रवीण नाम गरेको व्यक्ति १२ डिसेम्बरदेखि घर गएका थिएनन् ।

जब प्रहरीले खोजी गरे, उनी गाजिपुर–गाजियाबाद (यूपी गेट) सीमामा भेटिएका हुन् । प्रहरीका अनुसार प्रवीण यसभन्दा पहिले घरबाट हराइरहेका थिए तर उनी पछि घर फर्केका हुन् । उनी बेपत्ता भएको गुनासो उनको परिवारले डिसेम्बर १२ सम्म दर्ता गरेका थिएनन् । प्रहरीको निगरानीमा प्रवीणको फोनको अनुसन्धान गरेको थियो र उनको कार किसानको प्रदर्शन स्थल नजिकै रहेको पाइएको थियो ।

 

एसपी ग्रामीण इरज राजाले यस बारे जानकारी दिएका छन् । आफ्नो पहिचान लुकाउनको लागि उनले कपाल र दाह्री पालेका थिए । उनी आफ्नो कारमा सवार थिए । यस बीचमा प्रहरीले उनलाई पहिचान गरी हिरासतमा लिएको छ ।

 

सोधपुछको क्रममा प्रवीणले भने कि उनीसँग धेरै व्यक्तिहरुको ऋण छ । उनले पैसा लिएका मानिसहरु उनीहरुलाई ऋण फिर्ता गर्न दवाव दिइरहेका थिए, त्यसबाट बच्न उनले यो चाल अपनाएका हुन् । त्यहाँ उनी निः शुल्क खाना पनि पाइरहेका थिए र मानिसको आँखा छल्न खोजेका थिए । News Source 

 

 

सम्बन्धित खबरहरु