काठमाडौं । भारतका एक शिर्ष नेताको स्वास्थ्य गम्भीर बनेको छ । चारा घोटाला प्रकरणमा दोषी राष्ट्रिय जनता दल (राजद) का सुप्रीमो लालू प्रसाद यादवको स्वास्थ्य फेरि गम्भीर भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । पूर्व मुख्यमन्त्री समेत रहेका लालू यादवको मिर्गौलाको क्रिएटिनिन स्तर राँचीको रिम्स अस्पतालमा रहेका उनको निरन्तर वृद्धि भइरहेको छ ।

 

लालूको मिर्गौलाले अहिले मात्रै २५ प्रतिशत मात्र मा गरिरहेको छ । लालूको उपचारमा संलग्न डाक्टरले यस्तो जानकारी दिएका हुन् । स्वास्थ्यबारे जानकारी दिँदै उमेश प्रसाद यादवले यदि केही दिनसम्म यस्तै स्थिति रहेन भने लालू यादवको डायलिसिस गर्नु पर्ने हुन सक्छ । लालूको उपचार गर्दै आएका डा. उमेश प्रसादले केही दिनदेखि लालू प्रसाद धेरै चिन्तित र दुःखी भएको बताएका छन् ।

उनका अनुसार लालु यादवको मिर्गौलाले कुनै पनि समयमा काम गर्न छोड्न सक्छ । उनले यादवको स्वास्थ्यबारे रिम्स र सरकारका उच्च अधिकारीहरूलाई लिखित रूपमा दिएको जानकारी दिएका छन् ।

 

डाक्टरका अनुसार लालू यादवको रगतमा चिनी पनि बढेको छ । त्यसकारण उनलाई राम्रो उपचार चाहिन्छ । उमेश यादवले भने कि लालू यादवको उपचारका लागि बाहिरबाट पनि डाक्टर बोलाउन सकिन्छ । लालु यादवका मिर्गौलामा पछिल्ला दुई वर्षमा काम गर्ने दर डरलाग्दो रूपमा गिरावट आएको जनाइएको छ ।

 

 

सम्बन्धित खबरहरु